+

ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमै भिड्ने, यस्तो छ अन्तिम ८ को समीकरण

२०८१ असार  १९ गते ९:५९ २०८१ असार १९ गते ९:५९
ब्राजिल र उरुग्वे कोपा अमेरिकाको क्वाटरफाइनलमै भिड्ने, यस्तो छ अन्तिम ८ को समीकरण

१९ असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

बुधबार बिहान भएको समूह डी को अन्तिम दुई खेलपछि क्वाटरफाइनल पुग्ने ८ वटै टोलीको टुङ्गो लागेको हो ।

समूह डी को अन्तिम खेलमा कोलम्बिया र ब्राजिल १-१ को बराबरी खेल्दै क्वाटरफाइनल पुगेका हुन् । कोलम्बया समूह डी को विजेता तथा ब्राजिल समूह डी को उपविजेताको हैसियतमा क्वाटरफाइनमा स्थान पक्का गरेका हुन् ।

समूह ए बाट साविक विजेता अर्जेन्टिना र क्यानडा, समूह बी बाट भेनेजुएला र इक्वेडर, समूह सी बाट उरुग्वे र पानामा तथा समूह डी बाट कोलम्बिया र ब्राजिलले अन्तिम ८ मा स्थान बनाएका हुन् ।

समूह विजेता बनेका अर्जेन्टिना, भेनेजुएला र उरुग्वेले सबै तीन खेल जितेर शतप्रतिशत नतिजा निकाले ।

उरुग्वे र ब्राजिल क्वाटरमै भिड्ने

उपाधिका दुई दाबेदार टोलीहरू ब्राजिल र उरुग्वे क्वाटरफाइनलमै भिड्ने भएका छन् । उरुग्वे अर्जेन्टिनासँगै संयुक्त रुपमा सर्वाधिक १५ पटकको उपाधि विजेता हो भने ब्राजिलले ९ पटक कोपा जितेको छ ।

उरुग्वे यस संस्करण उत्कृष्ट लयमा छ र समूह सी को विजेता बनेको थियो । ब्राजिलले भने औसत प्रदर्शन गरिरहेको छ । जसले गर्दा ब्राजिल कोलम्बिया भन्दा पछि रहँदै आफ्नो समूहमा दोस्रो भयो ।

उरुग्वे र ब्राजिल बीचको अन्तिम क्वाटरफाइनल खेलको विजेताले कोलम्बिया र पानामाबीच हुने तेस्रो क्वाटरफाइनल खेलको विजेतासँग सेमिफाइनल खेल्नेछ ।

यस्तै पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडसरसँग खेल्नेछ भने भेनेजुएला र पहिलो पटक कोपा खेलिरहेको क्यानडाबीच दोस्रो सेमिफाइनल हुनेछ ।

क्वाटरफाइनल खेल तालिका

जुलाई ५

अर्जेन्टिना भर्सेस इक्वेडर, बिहान ६:४५ बजे

जुलाई ६

भेनेजुएला भर्सेस क्यानडा, बिहान ६:४५ बजे

जुलाई ७

कोलम्बिया भर्सेस पानामा, बिहान ३:४५ बजे

जुलाई ७

उरुग्वे भर्सेस ब्राजिल बिहान ६:४५ बजे

कोपा अमेरिका फुटबल ब्राजिल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय