+
+

एआईजी जोशीको अवकाश, पोखरेललाई २ दिन एआईजी बन्ने बाटो खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १०:३०
उमेशराज जोशी

१९ असार, काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी सेवा निवृत्त भएका छन् ।

मंगलबार राति १२ बजेबाट उनी अनिवार्य अवकाशमा भएका हुन् । निमित्त आईजी टेकप्रसाद राईले एक कार्यक्रमकाबीच जोशीलाई बिदाइ गरेका थिए ।

अवकाशमा गएका जोशी ५ चैत २०५१ मा प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेका थिए । एआईजी जोशी प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकाश भएका हुन् ।

जोशीका ठाउँमा बढुवा गर्न डीआईजी पोषराज पोखरेललाई यसअघि नै सिफारिस गरिएको छ । जोशी अवकाशमा गएसँगै पोखरेललाई एआईजीमा बढुवा गर्ने बाटो खुलेको छ ।

एआईजी बढुवा भए पनि पोखरेल पनि २१ असारबाटै अवकाशमा जानेछन् । उनी २ दिन मात्रै एआईजीको भूमिकामा रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?