+
+

रास्वपा महामन्त्री मुकुल ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १०:२७

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोधमा मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन् भएको जिकिर गरेका छन् ।

उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

ढकालले पार्टी सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रीय समितिको बैठकमा छलफल गर्ने एजेण्डा छ । ढकालले पार्टी सञ्चालनको वर्तमान पद्धति परिवर्तन नगरे २०८४ सालमा रास्वपा सकिने चेतावनीयुक्त प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।

रास्वपाप्रति जनमत अत्यन्तै निराशाजनक रहेकाले आशामा बदल्नका लागि कठोर निर्णय लिनुपर्ने प्रतिवेदनमा उनले उल्लेख गरेका छन् ।

आफ्नो प्रतिवेदनमाथि छलफल हुने केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग ढकालले राखेका थिए । तर उनको माग सुनुवाइ भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?