+

ब्राजिलियन लेजेन्ड मार्टाले छैटौं पटक ओलम्पिक खेल्ने

२०८१ असार  १९ गते ११:३५ २०८१ असार १९ गते ११:३५
ब्राजिलियन लेजेन्ड मार्टाले छैटौं पटक ओलम्पिक खेल्ने

१९ असार, काठमाडौं । ब्राजिलियन लेजेन्ड फुटबलर मार्टाले छैटौंपटक ओलम्पिक खेल्ने भएकी छन् ।

यही जुलाई-अगष्टमा फ्रान्समा हुने पेरिस ओलम्पिकका लागि उनी ब्राजिलियन टोलीमा छनोट भएकी छन् ।

ब्राजिलका लागि सर्वाधिक गोलकर्ता ३८ वर्षिया मार्टाले गत अप्रिलमा यही वर्ष अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने योजना रहेको बताएकी थिइन् ।

ब्राजिलकी प्रशिक्षक आर्थर एलिएसले मार्टाले सर्वकालिन महान खेलाडी भएको बताए । ‘उनले राम्रो खेलिरहेकी छन  रउनी टिममा रहन लायक पनि छिन्,’ एलिसले भने । एलिसले मार्टाको क्षमतालाई राम्रोसँग प्रयोग गर्नु आफ्ना लागि चुनौती रहेको बताइन् ।

मार्टाले ६ पटक विश्वकप खेलिसकेकी छन् । उनले २०२३ मा अष्ट्रेलिया र न्युजिल्यान्डमा भएको विश्वकप खेलेकी थिइन् । जहाँ ब्राजिल नकआउट चरणमा पुग्न असफल भएको थियो ।

मार्टाले २००४ एथेन्ज ओलम्पिक र २००८ मा बेइजिङ ओलम्पिकमा रजत पदक जितेकी थिइन् । दुवै पटक आराजिल अमेरिकासँग पराजित भएको थियो ।

मार्टा विश्वकपको सर्वाधिक गोलकर्ता समेत हुन् । उनले ६ विश्वकप खेल्दा २३ खेलमा १७ गोल गरेकी छन् ।

मार्टा टेमिडो
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय