+
+

युरोप र अष्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने २ भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ११:४०

१९ असार, काठमाडौं । दर्ता नै नगरी मेनवापर सञ्चालन गरी ठगी गर्न खोज्ने दुई भारतीय नागरिकलाई नेपाल प्रहरीको टोलीले पक्राउ परेको छ ।

पक्राउ पर्नेहरुमा भारतको महाराष्ट्र प्रदेश मुम्बई पोष्ट बर्भे नगरगाउँ असल्फाका २४ वर्षीय रवन्द्रि राणे र मुम्बई जिपिओ कोलावका ३७ वर्षीय जावेद मसिह छन् । उनीहरुलाई नवलपरासी पश्चिम प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले ५ दिनअघि मात्रै दर्ता नै नगरी जेडी नामको मनेपावर खोलेर अष्ट्रेलिया, रसिया, इटाली पठाउने भन्दै ठगी गर्न खोजेको पाइएको एसपी ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

उनीहरुले रामग्राम नगरपालिका-५ बाइपासमा मेनपावरको अफिस खडा गरेका थिए । पक्राउ परेकाहरुलाई कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवल पठाइएको एसपी फुयालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?