+
+

डकुड्रामा ‘हामी छौं’ को पोस्टरमा सलिना र आर्यनको प्रफुल्लित मुद्रा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ११:४२

काठमाडौं । डकुड्रामा ‘हामी छौं सिजन १’ को पोस्टर सार्वजनिक गरिएको छ । सलोन सलिना फिल्स्सको प्रस्तुतिमा निर्माण घोषणा गरिएको डकुड्रामाका प्रस्तुतकर्ता शोभित बस्नेत हुन् ।

सार्वजनिक पोस्टरमा डकुड्रामाका प्रमुख कलाकार सलिना बस्नेत र आर्यन पौडेल फिचर्ड छन् । पोस्टरमा सलिनाले आफ्नो चप्पललाई काँधमा लौरोको सहारामा अड्याएकी छिन् भने आर्यनले पनि त्यसैगरी जुत्तालाई लौरोमा राखेर काँधमा अड्याएका छन् । खोलामा उनीहरुलाई प्रफुल्लित मुद्रामा देख्न सकिन्छ ।

त्यस्तै अर्को पोस्टरमा सलिना र आर्यनलाई मोटरसाइकलको अगाडि बसेको र त्यसकै छेउमा रोपाइँमा रमाएको देख्न सकिन्छ । पोस्टरमा गाम्रीण जनजीवन देख्न सकिन्छ ।

आगामी दशैंमा ओटीटी प्लाटफर्मबाट रिलिज हुने डकुड्रामा सात एपिसोडको हुनेछ । डकुड्रामामा सलिना बस्नेत र आर्यन पौडेलका साथै त्रिसना क्षेत्री, सुशान्तकुमार श्रेष्ठ, समीर खान, शिवराज नेपाल, गणेश बुढाथोकी लगायत अभिनय छ ।

प्रस्तुतकर्ता शोभित बस्नेतले देशका विभिन्न क्षेत्रमा रहेका असहाय, पीडितको सहयोगार्थ डकुड्रामा बनाइएको बताए । यो डकुड्रामामार्फत सात प्रदेशबाट सातजना अशक्त, आर्थिक रूपमा कमजोर व्यक्तिलाई छनोट गरिएको थियो । डकुड्रामामा रामजी राउत निर्देशन गरेको हुन रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, आनन्द अधिकारीको गीत, शम्भुजीत बास्कोटाको संगीत, सुशील देवकोटाको लेखन, बन्दे प्रसादको सम्पादन, मदन न्यौपानेको श्रृंगार, केवलमान सिंह बस्नेतको प्रोडक्सन छ ।

डकुड्रामा वीरगञ्ज, सिन्धुली, शिवपुरी, स्याङ्जाका साथै अस्ट्रेलियामा खिचिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?