+
+

मुकुलले मुखमा टेप टाँसेपछि सहमहामन्त्री बुर्लाकोटीले पेश गरे समीक्षा प्रतिवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:४७
रास्वपा सहमहामन्त्री कविन्द्र बुर्लाकोटी

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले तयार पारेको समीक्षा प्रतिवेदन सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले बैठकमा पेश गरेका छन् ।

बैठक प्रत्यक्ष प्रसारण नगर्ने भए आफू नबोल्ने भन्दै महामन्त्री ढकालले मुखमा टेप टाँसेका थिए । सभापति रवि लामिछानेले प्रत्यक्ष प्रसारण गर्न समस्या नभएको तर अन्यको प्रतिक्रिया बुझेको बताएका थिए । सहप्रवक्ता मनिष झाले बैठकमा सहभागी सबैजसोले प्रत्यक्ष प्रसारण गर्ने प्रस्तावलाई अस्वीकृत गरेको जानकारी गराए ।

प्रत्यक्ष प्रसारण गर्न नदिने हो भने अभिव्यक्ति स्वतन्त्रता हनन् भएको उल्लेख गर्दै महामन्त्री ढकालले ‘म बोल्दिनँ’ भनेको उनले सुनाए । ‘३३ पेज लामो प्रतिवेदन सहमहामन्त्रीले पढेर सुनाउनुभयो’ सहप्रवक्ता झाले भने, ‘यसमा छलफल लञ्च ब्रेक पछि हुन्छ ।’

समीक्षा प्रतिवेदन माथि धारणा राख्न केन्द्रीय सदस्यहरुलाई ५–५ मिनेट समय दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?