+
+

‘रविको पार्टी होइन, रास्वपाको पार्टी बनाउँ भनेर प्रस्ताव लेखेको थिएँ, रविले पेस गर्न दिएनन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:०८

१९ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टी रवि लामिछानेको मात्रै नभएको बताएका छन् ।

आज बिहान बसेको बैठकमा मुखमा टेप टाँसेर बसेका उनले आफूले तयार पारेको प्रस्ताव पेश गर्न चाहेका थिए । सभापति रविले रोके ।

उनले रविको नभई रास्वपाको पार्टी बनाउनु पर्ने बताएका हुन् । ‘यो पार्टी अहिलेसम्म रविको पार्टी रह्यो, अब यसलाई सबै स्वतन्त्त्र सोच राख्नेको दल बनाउँ भन्ने प्रस्ताव लगेको थिएँ । रविले राख्न दिनुभएन,’ उनले भने ।

प्रतिवेदनका आधारमा तयार गरिएको प्रस्तावमा पार्टीलाई रविको पार्टी नभएर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउनु पर्ने कुरा उल्लेख छ,’ उनले भने ।

बैठक अहिले एकैछिनलाई रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?