+
+

गौरव र नम्रताको ‘नम्बरी सुन’ साउन २५ मै आउने

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते ११:५५

काठमाडौं । गौरव पहारी र नम्रता सापकोटाको शीर्ष भूमिका रहेको फिल्म ‘नम्बरी सुन’ को रिलिज मिति हेरफेर गरिएको छ । राजु गिरीको निर्देशन रहेको यो फिल्म भदौ १ गते रिलिज हुने तय भएपनि अब त्यसअघि नै प्रदर्शनमा आउने भएको छ ।

निर्माण टिमले फिल्म साउन २५ मा रिलिज गर्ने घोषणा गर्दै नयाँ पोस्टर समेत सार्वजनिक गरेको छ ।

नारायण खातीको कथा तथा प्रस्तुति रहेको ‘नम्बरी सुन’ मा गौरव र नम्रताका साथै सरोज खनाल, राजाराम पौडेल, विनोद न्यौपाने,  राजेन्द्र खड्गी, बुद्धि तामाङ, किरण नेपाली, सविन बास्तोला, गीता अधिकारी लगायत कलाकारको अभिनय छ ।

सुवर्ण शिवांश प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मको पटकथा तथा संवाद शिवम् अधिकारीले लेखेका हुन् । फिल्मका निर्माता सरोज खाती, सविन खाती र मनोज रिजाल छन् ।

फिल्ममा अर्जुन पोखरेल र सन्तोष श्रेष्ठको संगीत, रामजी लामीछानेको नृत्य निर्देशन, समीर मियाँको भीएफएक्स, दिव्य सुवेदीको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, गौतमराज खड्काको सम्पादन, विनोद भुजेलको ब्याकग्राउन्ड स्कोर, मनोरञ्जन श्रेष्ठको कलर संयोजन र राकेश दाहालको पोस्टर डिजाइन छ ।

फिल्मलाई काठमाडौं उपत्यकामा रिच इन्टरटेनमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले वितरण गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?