+
+

फाइल खोल्न गृहमन्त्रीलाई अझै समय छ : विश्वप्रकाश शर्मा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:१५

१९ असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारका फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई अहिले पनि समय रहेको बताएका छन् ।

‘साथीहरूलाई त के लाग्या होला भने हामीले फाइल खोल्दै थियौं । त्यसकारण सरकारबाट हटाइयो,’ महामन्त्री शर्माले भने, ‘अहिले पनि गृहमन्त्री हुनुहुन्छ, समय छ । प्रधानमन्त्रीले राजीनामा नदिनु भए अझै एक महिना गृहमन्त्री हुनुहुन्छ ।’

फाइल खोल्दा आग्रह पूर्वाग्रह राख्न नहुने उनले बताए । शर्माले अब बन्ने नयाँ सरकारले पनि भ्रष्टाचारका फाइल खोल्ने अपेक्षा राखे । ‘जे खोलिएका छन्, ती प्रक्रियामा हुन्छन् । जे खोल्नु बाँकी छन् । ती खुल्छन्,’ शर्माले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?