+
+

झापामा सुन चोरेको र किनेको आरोपमा ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:३६

१९ असार, काठमाडौं । झापाका विभिन्न स्थानमा सुन चोरी र चोरीको सुन खरिद गरेको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुन चोरी गर्ने, चोरीको सुन बेच्न सहयोग गर्ने र चोरिएको सुन सस्तो दरमा खरिद गर्ने ६ जनालाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापाले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सुन चोरीमा संलग्न रहेको आरोप लागेका कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा, चोरीको सुन बेच्न सहयोग गर्ने सोही ठाउँका २७ वर्षीय कृष्ण थापा छन् ।

त्यसैगरी चोरीको सुन खरिद गरेको आरोपमा झापाकै पाथीभरा बराइली ज्वेलर्सका सञ्चालकद्धय ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, प्रतिक्षा भेराइटी किराना पसलका सञ्चालक ४० वर्षीय सुरेशकुमार दास र गिरीबन्धु टी–इस्टेटमा काम गरी बगानकै क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशी छन् ।

सुस्मनले अर्जुनधारा नगरपालिका–११ बस्ने दुर्गा देवी श्रेष्ठ, उमा श्रेष्ठको घरमा १८ जेठमा चोरी गरेका थिए । त्यसको ३ दिनपछि २१ जेठमै बिर्तामोड नगरपालिका–५ स्थित गंगा काफ्ले पौडेलको घरमा चोरी गरेको पाइएको झापाका डीएसपी कृष्णकुमार चन्दले बताए ।

पक्राउ परेकाविरुद्ध चोरीको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?