+
+

पूर्वसचिव र विज्ञ समेटेर बनाइयो लेखापरीक्षण सल्लाहकार समिति

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १२:५६

१९ असार, काठमाडौं । महालेखा परीक्षक तोयम रायाले लेखा परीक्षण सल्लाहकार समिति गठन गरेका छन् ।

महालेखा परीक्षकको काम कारवाहीलाई अझ विश्वनीय बनाउन र लेखा परीक्षणको गुणस्तर बढाउन यो समितिले काम गर्ने कार्यालयले जनाएको छ ।

महालेखा परीक्षक रायाको संयोजकत्वमा गठन भएको समितिमा सदस्यहरू पूर्वसचिवहरू र विज्ञहरू रहेका छन् । समितिमा लिलामणि पौड्याल, कृष्णहरि बास्कोटा, बच्चुराम दाहाल, रामेश्वर खनाल, मधुरमण आचार्य, किशोर थापा सदस्य रहेका छन् ।

साथै रामुप्रसाद डोटेल, रमेश बडाल, झबिन्द्र घिमिरे, राजिव गौतम, जीवनप्रभा लामा, तीर्थ कोइराला, सञ्जिव गौतम र प्रदीपकुमार श्रेष्ठलाई समेत लेखापरीक्षण सल्लाहकार समितिको सदस्य बनाइएको छ ।

समितिको आन्तरिक सदस्यका रुपमा चार उपमहालेखा परीक्षकलाई राखिएको छ । समितिको सदस्य सचिवमा नायम महालेखा परीक्षक श्रीकुमार राईलाई तोकिएको छ । यस समितिले कार्यालयको काम कारबाहीलाई व्यवस्थित गर्ने उद्देश्य लिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?