+
+

११ महिनामा सवा दुई खर्ब लगानी प्रतिबद्धता

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १९:५९

१९ असार, काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा सवा दुई खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

उद्योग विभागका अनुसार यस अवधिमा कुल ३८३ वटा उद्योग दर्ता भएका छन् । यस अवधिमा ४९ वटा ठूला उद्योग, ५० वटा मझौला उद्योग र २८४ वटा साना उद्योग दर्ता भएको उद्योग विभागले जनाएको छ । ती उद्योगमा २ खर्ब १७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

विभागका अनुसार जेठ महिनामा मात्र ३७ अर्ब २० करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यो कुल ५९ वटा उद्योग दर्तामा आएको हो ।

यस वर्ष वैशाखमा सरकारले लगानी सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनको सकारात्मक प्रभाव आन्तरिक तथा वाह्य लगानीमा देखिएको छ । जेठ महिनामा मात्र ९ ठूला उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

प्रत्यक्ष वैदेशिक लगानीतर्फ यस वर्ष कुल ३५५ लगानीको प्रस्ताव स्वीकृत भएको छ । यस अवधिमा ४४ अर्ब ३४ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष कुल ३८ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी भित्रने अनुमान सरकारले गरेको थियो । त्यसको तुलनामा उल्लेख्य वैदेशिक लगानी प्रतिबद्धता आएको छ ।

हजारौं रोजगारीको अवसर

प्रतिबद्धता अनुसार लगानी भित्रने हो भने त्यसबाट हजारौं रोजगारी सिर्जना हुने देखिएको छ । स्वीकृत भएको लगानी र दर्ता भएका कम्पनीले २६ हजार २७ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका छन् ।

वैदेशिक लगानी प्रतिबद्धतातर्फ दर्ता भएका उद्योगले १७ हजार ६४२ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएको विभागको तथ्यांक छ ।

११ महिनाको अवधिमा २ वटा प्याटेन्ट दर्ता भएका छन् । डिजाइन दर्ता संख्या ११ वटा रहेका छन् । ट्रेडमार्क दर्ता ५ हजार ४९४ वटा रहेको विभागको तथ्यांकमा उल्लेख छ । यस अवधिमा प्रारम्भिक वातावरणीय परीक्षण संख्या ४५ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?