+

पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्

२०८१ असार  १९ गते १३:३७ २०८१ असार १९ गते १३:३७
पेरिस ओलम्पिक खेल्ने टोलीमा मेसी परेनन्

१९ असार, काठमाडौं । फ्रान्समा यही जुलाईदेखि अगष्टसम्म हुने पेरिस ओलम्पिकको अर्जेन्टिनी फुटबल टिममा स्टार खेलाडी लिओनल मेसी अटाएका छैनन् ।

मुख्य प्रशिक्षक जाभीए मास्केरानोले घोषणा गरेको टोलीमा विश्वकप विजेता टिमका चार खेलाडी छन् । जसमा निकोलस ओटामेन्टी जुलियन अल्भारेजलगायत छन् ।
तर हाल अमेरिकामा कोपा अमेरिका खेलिरहेका ३७ वर्षीय मेसीलाई भने टिममा राखिएन । उनी चोटसँग संघर्ष गरिरहेका पनि छन् ।

ओलम्पिकमा यू २३ राष्ट्रिय टिमले खेल्ने गर्छन् । जसमा तीन जना २३ वर्ष माथिका खेलाडी समावेश गर्न सकिन्छ ।

ओलम्पिकमा पुरुष फुटबलमा अर्जेन्टिना, मोरक्को, इराक र युक्रेन समूह बी मा छ । अर्जेन्टिनाले त्यसअघि फ्रान्ससँग मैत्रीपूर्ण खेल खेल्नेछ ।

मेसीले सन् २००८ मा चीनको बेइजिङमा भएको बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका थिए ।

मास्केरानोले कोपा सकिएपछि ओटामेन्डी र अल्भारेजसहित गोलकिपर गेरोनिमो रुलीलाई टिममा समावेश गराउनेछन् । यी तीन खेलाडीसहित विश्वकप जितेका थियागो अल्माडा पनि ओलम्पिक खेल्ने सूचीमा छन् ।

गोलकिपर : लिएन्ड्रो ब्रेए, गेरेनिमो रुली

डिफेन्डर : मार्को डी सेजार, जुलियो सोलेर, जाओक्विन गार्सिया, गोन्जालो लुजान, निकोलस ओटामेन्डी, ब्रुनो अमिओन

मिडफिल्डर : इजेक्विल फर्नान्डेज, सान्टिएगो हेज्जे, क्रिस्टियन मेडिना, केभिन जेनोन

फरवार्ड : जिउलियानो सिमिओनी, लुसियानो गोन्डोउ, थियागो अल्माडा, क्लाउडियो इचेभेरी, जुलियन अल्भारेज, लुकास बेल्ट्रान

पेरिस ओलम्पिक लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय