+

उर्जन श्रेष्ठ यू-२० टिमको मुख्य प्रशिक्षक नियुक्त

२०८१ असार  १९ गते १३:४२ २०८१ असार १९ गते १३:४२
उर्जन श्रेष्ठ यू-२० टिमको मुख्य प्रशिक्षक नियुक्त

१९ असार, काठमाडौं। उर्जन श्रेष्ठ नेपाली यू-२० राष्ट्रिय पुरुष टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले आसन्न साफ यू-२० च्याम्पियनसिप र एएफसी यू-२० एसियन कप छनोटलाई मध्यनजर गर्दै श्रेष्ठलाई प्रशिक्षक नियुक्त गरेको हो ।

उर्जनले यसअघि नेपालको यू-१७ राष्ट्रिय टिमको प्रशिक्षण सम्हालेका थिए । यस्तै उनले ए डिभिजन क्लब थ्री स्टार र फ्रेण्ड्स क्लबको समेत प्रशिक्षण सम्हालिसकेका छन् ।

एन्फा महासचिव किरण राईले बुधबार एन्फा कम्प्लेक्समा श्रेष्ठलाई प्रशिक्षक नियुक्तिको पत्र दिएका थिए ।

यस्तै महासचिव राईले सहायक प्रशिक्षक सचिन्द्र धिमाल र गोलकिपर प्रशिक्षक राजु सिंहलाई पनि नियुक्ति पत्र दिएका छन् ।

यस कोचिङ टिमले अब आगामी अगष्ट १६ देखि २८ सम्म काठमाडौंमै हुने साफ यू-२० च्याम्पियनसिपमा लागि नेपाली टोलीको तयारी गर्नेछ ।

उक्त च्याम्पियनसिपको लागि यू-२० टिम निर्माण गर्न जिल्ला र प्रदेश छनोट सकिएको छ भने केन्द्रित छनोट एन्फा कम्प्लेक्स सातदोबाटोमा सुरु भइसकेको एन्फाले जनाएको छ ।

एन्फाका अनुसार केन्द्रीय छनोटमा करिब ४०० खेलाडी छन् ।त्यसैबाट अन्तिम टोली निर्माण गरिनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय