+
+

संसदको काम पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधिसभा सचिव अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १३:४४

१९ असार, काठमाडौं । प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसदको कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका निर्वाह गर्ने बताएका छन् ।

बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएपछि पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रतिनिधिसभाको कामलाई व्यवस्थित गराउन भूमिका खेल्ने बताए ।

‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधि सभाको कामलाई व्यवस्थित गर्न सघाउ पुर्‍याउनु हो । र सम्माननीय सभामुखज्यूको काममा सहयोग गर्ने, संसदमा प्रस्तुत हुने एजेण्डाहरुको बारेमा अध्ययन गर्ने र पेश गर्ने लगायतका कामहरु पर्छन् । सभामुखलाई सहयोग गर्ने, संसदका काम, कारबाहीलाई व्यवस्थित गर्नु, पारदर्शी बनाउनको लागि मेरो सहयोग र भूमिका रहनेछ’, उनले भने ।

सभामुख देवराज घिमिरेको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?