+
+

बुटवलमा चक्कु प्रहारबाट घाइते युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १३:५६

१९ असार, बुटवल । चक्कु प्रहारबाट घाइते भइ उपचाररत युवकको मृत्यु भएको छ ।

बुटवलको कालिकापथमा रहेको रेस्टुरेन्टमा कार्यरत बुटवल–७, निवासी ३६ वर्षीय रवि थापाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक थापा राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीका पूर्वसदस्य हुन् । थापामाथि गत जेठ २ गते साँझ रेस्टुरेन्टमा आएका दुई जनाले चक्कु प्रहार गरेको प्रहरीले बताएको छ ।

थापाको बुटवलको चौराहा अस्पताल र पछिल्लो समय त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकोमा मंगलबार निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

थापाको मृत्युपछि राष्ट्रिय युवा संघ नेपाल रुपन्देहीले इलाका प्रहरी कार्यालय बुटवललाई ज्ञापनपत्र बुझाउँदै घटनामा संलग्नलाई पक्राउ गरी कारबाहीको माग गरेको छ ।

घटना लगत्तै परिवारले प्रहरीमा निवेदन दिए पनि डेढ महिनासम्म पक्राउ नपर्नुले प्रहरी अनुसन्धानप्रति प्रश्न उठेको संघका अध्यक्ष विकासजंग बस्नेतले बताए ।

घटनामा संलग्नलाई तत्काल पक्राउ गरी पीडितलाई क्षतिपूर्तिसहित आवश्यक कानुनी कारबाही गर्न युवा संघले माग गरेको छ । घटनामा संलग्नहरूको पहिचान भइसकेको र छिट्टै पक्राउ पर्ने डीएसपी पण्डितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?