+

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

२०८१ असार  १९ गते १४:१३ २०८१ असार १९ गते १४:१३
धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

तपाईं अरुले के सोच्ला भनेर डराउनुहुन्छ ? कुनै समारोह, भीड, जमघटमा सामेल हुँदा आफूलाई लिएर बढी सोच्नुहुन्छ ? मनमा भय उत्पन्न हुने डरले नयाँ मान्छेसँग भेट्न सक्नुहुन्न ?

यदि ६ महिनाभन्दा बढी यस्तो डर र दिमाग सामाजिक सम्बन्धलाई लिएर तनावग्रस्त रहन्छ, हरेक सहज काम पनि असहज लाग्छ भने सोसल एन्जाइटी अर्डर भएको हुनसक्छ ।

के हो त ‘सोसल एन्जाइटी डिसअर्डर’ ?

सोसल एन्जाइटी डिसअर्डर भनेको एन्जाइटी डिसअर्डरको एक सामान्य प्रकार हो, जसलाई बोलीचालीको भाषामा सामाजिक फोबिया पनि भनिन्छ । यो समस्या भएको व्यक्तिले पार्टी, समारोहमा अगाडि बोल्न, जागिरको अन्तर्वार्ता, कक्षामा शिक्षकले सोधेको जवाफ दिन, बजारमा क्यासियरसँग कुरा गर्न असहज मान्छन् ।

यति मात्र होइन, दैनिकजसो भइरहने क्रियाकलाप जस्तै अरुको अगाडि पानी पिउन, खान र सार्वजनिक शौचालय प्रयोग गर्न समेत उनीहरुमा कसैले केही भनिदिने हो, अपमानित हुनुपर्ने हो कि भन्ने चिन्ता वा डर उत्पन्न हुनसक्छ ।

यस्तो अनुभव गर्ने व्यक्तिमा सामाजिक परिस्थितिमा हुने डर यति छिटो उत्पन्न हुन्छ कि उनीहरुलाई लाग्छ,  यो डर नियन्त्रण हुन सक्दैन वा मेरो वशमा छैन ।

डर लाग्ने, मनमा अनेकौं विचार आउने, आत्मबल कमजोर रहने हुँदा कार्यालयको काम, विद्यालयमा जाने वा दैनिक काममा बाधा पुग्न सक्छ । यतिसम्म कि सामाजिक रुपमा संलग्न हुनुपर्ने छ भने साताअघिदेखि नै उनीहरुमा त्रास, लाज र चिन्ता हुनसक्छ ।

कसैमा यही एन्जाइटीको भेरियन्टको रुपमा ‘पर्फेमेन्स इन्जाइटी’ देखिन्छ । यस्तोमा अरुको अगाडि केही काम गर्दा वा आफूलाई प्रस्तुत गर्नुपर्दा भय उत्पन्न हुने तर अन्य अवस्थामा समाजमा सामान्यरुपमै घुलमिल हुनसक्ने हुन्छ ।

प्राय: सेलिब्रेटीले पनि आफूलाई यस्ता एन्जाइटीबाट गुज्रिएको भनेर भनेको हामीले सुन्दै देख्दै आएका छौं ।

कति साझा समस्या ?

सोसल एन्जाइटीलाई साझा समस्याको रुपमा लिइन्छ । किनकि विश्वभर १० प्रतिशत मानिसमा यो समस्या देखिन्छ । र, मानसिक स्वास्थ्यमा तेस्रो साझा समस्या हो ।

कुन उमेरबाट सुरु हुन्छ ?

यो अवस्था बाल्यकालको अन्यतिर र किशोरावस्था सुरु हुँदा चरम लजालुपन वा सामाजिक तथा पारिवारिक वातावरणको कारणले हुनसक्छ । जुन पुरुषको तुलनामा महिलामा बढी हुनसक्छ ।

कारण

विज्ञहरु अझै पनि यो समस्याको कारण पत्ता लगाउने कोसिसमा छन् । तर केही कारकहरु छन्, जसले यसको जोखिम बढाउन सक्छ ।

– यो आनुवंशिक हुनसक्छ, अर्थात् परिवारको कुनै सदस्यलाई सामाजिक फोबिया छ भने अन्य सदस्यलाई पनि हुनसक्छ ।

– कहिलेकाहीं कसैको बारम्बार धम्की वा जिस्काउने, होच्याउने कारणले पनि यस्तो हुनसक्छ ।

– लजालु बच्चाहरू पनि यो विकारबाट पीडित हुने सम्भावना बढी हुन्छ ।

– यदि कुनै बच्चाको शरीर वा आवाजमा कुनै समस्या छ भने सजिलै मानिसहरूको ध्यान आकर्षित गर्छ भने त्यस्ता बालबालिकाहरू पनि यो फोबियाको सिकार हुनसक्छन् ।

के कस्ता लक्षण देखिन्छ ?

यसको लक्षण सबैभन्दा बढी अरुको अगाडि प्रस्तुति दिन वा प्रस्तुत हुँदा देखिन्छ ।

-लाज मान्नु, पसिना आउनु वा काँप्नु ।

– मुटुको चाल एक्कासि तीव्र हुनु ।

– दिमाग खाली भएको महसुस हुनु ।

– पेटमा असहज अनुभूति हुनु ।

– शरीर कडा मुद्रामा राख्ने र काँपेको वा अक्मकिएर बोल्नु ।

– कसैले हेरको छ कि छैन भनेर उनीहरुको आँखामा पटक-पटक हेर्ने तर आँखा जुधाउनु नसक्नु ।

– स्वयंले आफूबारे अरुले नकारात्मक रूपमा मूल्यांकन गर्नेछन् कि भन्ने डर रहनु ।

यसको उपचार सम्भव छ ?

माथि उल्लेखित लक्षण आफूमा भएको जस्तो अनुभव हुन्छ भने मनोचिकित्सकसँग आफ्नो कुरा राख्न सकिन्छ ।

चिकित्सकले परिवारिक, वातावरण र स्वास्थ्य इतिहासबारे जानेपछि शंका लागे केही शारीरिक परीक्षण गर्न सक्छन् । यो समस्या यकिन भएपछि साइकोथेरापी, टक थेरापी, केही एन्टिडिप्रेसन र बेटा बल्कर औषधिबाट उपचार हुन्छ ।

साइकोथेरापी र टक थेरापीले उनीहरुको बोल्ने, सोच्ने व्यवहारमा परिवर्तन ल्याउन मद्दत गर्छ । साइकोथेरापीले जुन कुरामा डर सबैभन्दा बढी लाग्छ । त्यही डर लाग्ने अवस्थाको अभ्यास विस्तारै गराउँदै लगेर कम गराउँदै लगिन्छ ।

त्यस्तै, बेटा ब्लकरले मुटुको दर बढ्ने, पसिना आउने, काँप्ने जस्ता शारीरिक लक्षण नियन्त्रण राख्छ । ‘पर्फेमेन्स इन्जाइटी’ हुनेहरुमा पनि यो औषधिले धेरै हदसम्म काम गर्छ । त्यस्तै, एन्टिडिप्रेसन औषधिले डर र तनाव हुने अवस्था कम गराउँदै लैजान्छ ।

जटिलता

यो समयमै पहिचान तथा उपचार हुँदा यो समस्या हट्न सक्छ । उपचारमा ढिलाइ भयो भने यो रोग वर्षौंसम्म वा जीवनकालभर रहन सक्छ । र, डिप्रेसन, बायोपोलार डिसअर्डर जस्ता मानसिक समस्यातर्फ पनि धकेल्न सक्छ । जसले जीवन गुणस्तरहीन बनाउन सक्छ ।

कतिपयले यस्ता डरसँग सामना गर्न कुनै समारोहमा जाँदा मदिरा तथा लागूऔषधको सहारा लिन्छन् । यसले केहीबेर आत्मबल ल्याएको जस्तो भान गराएपनि बिस्तारै यसको लत बस्न सक्छ ।

दैनिकी सहज बनाउन के गर्न सकिन्छ ?

यदि यो समस्याको पहिचान भइसक्यो भने आफूमा देखिने लक्षणलाई व्यवस्थापन आफैं गर्न सकिन्छ ।

– पर्याप्त मात्रामा सुत्ने र दैनिक शारीरिक व्यायाम गर्ने ।

– मदिरा र नशालु पदार्थ सेवन नगर्ने ।

– यदि चिकित्सकले सुझाएको औषधि लिने गरेको छ भने त्यसको सही मात्रा नछुटाई खाने ।

– यदि थेरापी लिइरहनु भएको छ भने कुनै दिन पनि आफू अनुपस्थित नहुने ।

– परिवारसँग घुलमिल हुन प्रयास गर्ने ।

एन्जाइटी डा. सुरेश अधिकारी लजालु स्वभाव
डा. सुरेश अधिकारी
लेखक
डा. सुरेश अधिकारी
कन्सल्टेन्ट साइक्यार्टिस्ट

नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर : १५१२३ अध्ययन : एमबीबीएस, एमडी हाल पाटन मानसिक अस्पतालमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

धेरै लजाउनु स्वभाव मात्र होइन, मानसिक समस्या पनि हुनसक्छ

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

शरीरमा क्याल्सियमको कमी भए के हुन्छ ?

कर्कलोको तरकारी गुणकारी

कर्कलोको तरकारी गुणकारी

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

क्यान्सरका बिरामीले गर्ने ९ गल्ती, जसले थप जटिलता निम्त्याउन सक्छ

गर्भावस्थामा एक्स-रे गर्दा भ्रूणलाई असर गर्छ ?

गर्भावस्थामा एक्स-रे गर्दा भ्रूणलाई असर गर्छ ?

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य

मुटु स्वास्थ्य : ११ भ्रम र सत्य