+
+

संसद बैठक सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न सांसदको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:१८

१९ असार, काठमाडौं । राष्ट्रिय सभा सदस्य पदमबहादुर परियारले संसद बैठकको सांकेतिक भाषामा पनि प्रत्यक्ष प्रशारण गर्न माग गरेका छन् ।

बुधबारको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै सांसद परियारले हाल संसदको गतिविधि थाहा पाउनबाट बहिरा समुदाय वञ्चित भएको बताए ।

‘नेपालमा हजारौं बहिरा समुदायहरु बसोबास गर्छन् । त्यो समुदायले सूचना पाउने एक मात्रै आधार भनेको सांकेतिक भाषा हो । संघीय संसदमा भएका सबै काम कारबाहीहरुबाट नेपाली बहिरा समुदायहरु विमुख हुनुहुन्छ । संसदको प्रत्यक्ष प्रसारण र रेकर्डिङ सांकेतिक भाषामा हुने गरेको छैन । त्यसले गर्दा संसदमा सांकेतिक भाषा दोभासे राख्न सरकारसँग माग गर्दछु’, उनले भने ।

सांसद परियारले प्रतिनिधि सभाबाट बजेट पारित भइसकेको भन्दै राष्ट्रिय सभामा छलफल गर्नुको औचित्य नभएको बताए । ‘प्रतिनिधि सभाले बजेटलाई पारित गरिसकेको छ । तर फेरि राज्यका गरिब जनताहरुले उठाएको करलाई खर्च गरेर फेरि हामिले राष्ट्रिय सभामा बजेटका बारेमा छलफल गर्नुपर्ने । जसको तात्विक अर्थ देखिँदैन’, उनले भने ।

उनले अगाडि भने, ‘कम्तीमा संघीय संसदका सभामुख र अध्यक्ष बसेर छलफल गरेर प्रतिनिधि सभामा छलफल भइसकेपछि राष्ट्रिय सभामा छलफल नहुँदासम्म त पास गर्नलाई रोक्न सकिन्छ होला नि । अथवा सँगसँगै छलफल चलाउन सकिन्छ होला नि ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?