+
+

गुल्मीमा २५ प्रतिशत धान रोपाइँ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:२८

१९ असार, गुल्मी । गुल्मीका हालसम्म २५ प्रतिशत धान रोपाइँ भएको छ ।

कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीका अनुसार गत वर्ष यही अवधिमा १२ प्रतिशत रोपाइँ भएको थियो । यो वर्ष असारको पहिलो सातादेखि नै पानी परेका कारण रोपाइँ धमाधम भइरहेको उनले बताए ।

गुल्मीमा कुल ९ हजार १५३ हेक्टरमा धान खेती गरिंदै आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । त्यसमध्ये ४४५ हेक्टर क्षेत्रफलमा चैते धान रोपिंदै आएको छ ।

केन्द्रका अनुसार गुल्मीमा रामधान, खुमल ४, खुमल ६, खुमल १०, हंसराज, मकवानपुर १, खुमल ८, हर्दिनाथ, आँप झोते, जडन, लामे जात लगायतका धान रोपिन्छ ।
च्याम्पियन, शंकर, उपज लगायतका हाइब्रिड धान पनि रोपिने गरेको केन्द्रको भनाइ छ ।

धान खेती हुनेमध्ये ३ हजार ६ सय २६ हेक्टर क्षेत्रफलमा वर्षभरि र ६ हजार ६ सय ९० क्षेत्रफलमा आशिंक सिंचाइको सुविधा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?