+
+

एकभन्दा बढी सहकारी संघसंस्था सञ्चालक भए ३० दिनभित्र छाड्न निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १५:१८

१९ असार, काठमाडौं । सहकारी विभागले सहकारी संघसंस्थाको सञ्चालक हुने व्यवस्थालाई थप कडाइ गर्ने भएको छ ।

एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघसंस्थामा सञ्चालक भए ३० दिनभित्र कुनै एउटा संघसंस्थाको मात्रै सञ्चालक बस्न विभागले निर्देशन दिएको हो ।

बुधबार सहकारी संघसंस्थालाई एक निर्देशन जारी गर्दै विभागले ३० दिनभित्र एक भन्दा बढी सहकारी संस्थाको सञ्चालक भए एक संस्थामा मात्रै सञ्चालक बसेर अरुमा छोड्न निर्देशन दिएको हो ।

‘यदि कुनै व्यक्ति दुई वा सो भन्दा बढी संस्थाको सञ्चालक रहेको भए यो निर्देशन जारी भएको ३० दिनभित्र एउटा संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्यको हकमा त्याग गर्नुपर्नेछ,’ विभागले बुधबार जारी निर्देशनमा उल्लेख छ, ‘अन्यथा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाइनेछ ।’

सहकारी ऐन, २०७४ को दफा (४१) को उपदफा (५) मा कुनै व्यक्ति एकै समयमा एक मात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने छ भन्ने व्यवस्था रहेकोले त्यसको कार्यान्वयनका लागि निर्देशन जारी गरिएको विभागको भनाइ छ  ।

विभागका अनुसार यस सन्दर्भमा सहकारी संस्था भन्नाले संस्था वा संघ सम्झनुपर्ने र सो शब्दले सहकारी बैंक समेतलाई जनाउने छ ।

सञ्चालक भन्नाले सहकारी ऐनको दफा (४१) को उपदफा (१) बमोजिमको सञ्चालक समितिको सदस्य सम्झनुपर्नेछ । उक्त शब्दले समिति पदाधिकारीलाई समेत जनाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?