+
+

बढेको सेयर बजारमा ५ अर्ब ८ करोड नाघ्यो कारोबार

नुनको मूल्य बढ्दा चम्कियो व्यापार समूह

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १५:२१

१९ असार, काठमाडौं । बुधबार पनि सेयर बजारको वृद्धिमा निरन्तरता देखिएको छ । कारोबार भइरहँदा दिनभरजसो रातो रहेको बजार अन्ततः ३.७९ अंक बढेर बन्द भएको हो । सो अंकको वृद्धिपछि नेप्से २१०४ अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन ४ अर्ब ५७ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८ करोडको कारोबार भयो । १०१ कम्पनीको मूल्य बढ्दा १३६ को घट्यो भने १० को स्थिर रह्यो । फाइनान्स र व्यापार समूहका सूचकले ६ प्रतिशतको छलाङ मारेका छन् ।

केही दिन घटेको फाइनान्समा फेरि कारोबारी हाबी भएको देखिन्छ । तर व्यापार समूह भने साल्ट ट्रेडिङ कर्पोरेसनका कारण बढेको हो । यस समूहमा साल्ट ट्रेडिङ र विशाल बजार कम्पनी मात्रै सूचीकृत छन् ।

विशाल बजारको तुलनामा साल्ट ट्रेडिङको पूँजीकरण उच्च रहेकाले समग्र समूहलाई बढी प्रभाव पार्दछ । साल्ट ट्रेडिङको मूल्य यस दिन ६.३२ प्रतिशत बढ्यो । अघिल्लो दिन कम्पनीले नुनको मूल्य बढाएपछि नाफामा टेवा पुग्ने आशले यस कम्पनीमा लगानीकर्ता आकर्षित भएका हुन् ।

त्यस्तै विकास बैंक सूचक २.७ प्रतिशत बढ्यो । अंकका आधारमा बैंकिङ ७, विकास बैंक १११, फाइनान्स १४८ तथा व्यापार १७८ बढे । होटल तथा पर्यटन १०, हाइड्रोपावर १७, जीवन बीमा २५, उत्पादन ७०, माइक्रोफाइनान्स ६, निर्जीवन बीमा २५ र अन्य समूह १० अंक घटे ।

सेन्ट्रल, आईसीएफसी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक र मञ्जुश्री फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो । सप्तकोशी विकास बैंकको ८, मैलुङखोला जलविद्युतको ७.७५ प्रतिशत मूल्य बढ्यो ।

चिरख्वा हाइड्रोपावरको ४.७, हिमालय ऊर्जा विकास कम्पनीको ४.२, बोटलर्स नेपाल बालाजुको ३.९, हिमालयन पावर पार्टनरको ३.३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स, आईसीएफसी फाइनान्स, रिलायन्स फाइनान्स, सेन्ट्रल फाइनानस र जानाकी फाइनान्स क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?