+
+

धादिङमा अज्ञात व्यक्तिले कारमा सुटकेश छाडेर हिँडेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १६:४०

१९ असार, काठमाडौं। धादिङको बिचबजार चोकमा पार्किङ गरी राखेको गाडीमा अज्ञात व्यक्तिले सुटकेश छाडेर हिँडेपछि तनावको स्थिति सिर्जना भएको छ ।

त्रिपुरा स्टेश्नरी पसलका सञ्चालकले पार्क गरेर राखेको बा १६ च ९१९२ नम्बरको गाडीमा एक जना अज्ञात व्यक्तिले सुटकेश राखेर हिँडेका थिए ।

‘लक खुल्ला रहेछ, ती व्यक्तिले सुटकेश राखेर हिँडेको देखिन्छ’, जिल्ला प्रहरी कार्यालय, धादिङका डीएसपी गौतम केसीले भने, ‘शंकास्पद लागेपछि हामीलाई खबर आएको थियो ।’

उनका अनुसार, ती व्यक्ति स्थानीय होइनन् । ‘शंका लागेपछि किन जोखिम लिनु भनेर कार वरिपरिको स्थानलाई सुरक्षित गरेका छौं’, केसीले थपे, ‘नेपाली सेनाको बम डिस्पोजल टोलीलाई पनि बोलाएका छौं ।’

उनका अनुसार, थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?