+
+

प्रभास स्टारर ‘कल्की’ को तेलुगू भन्दा हिन्दी भर्सनको कमाइ धेरै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १६:४२

काठमाडौं । दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले सिनेमा हलहरुमा धमाका मच्चाइरहेको छ । उत्कृष्ट ओपनिङ गरेको फिल्मले रिलिजको एक सातासम्म तीव्र गतिको कमाइ गरिरहेको छ ।

नाग अश्विन निर्देशित फिल्मले सकारात्मक समीक्षा पनि पाइरहेको छ । फिल्ममा प्रभासका साथै अमिताभ बच्चन, दीपिका पादुकोण र कमल हसनको शीर्ष भूमिका छ ।

पहिलो सप्ताहन्त जसरी प्रभासको तेलुगू फ्यान फलोइङका ‘कल्की २८९८ एडी’ ले उछाल कमाइका साथ ओपनिङ गरेको थियो, आइतबारयता यसको हिन्दी भर्सनको कमाइ उच्च छ । हिन्दी भर्सनमा तेलुगूको भन्दा बढी कलेक्सन रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

बिहीबार रिलिज भएको फिल्मले पहिलो तीन दिनमा तेलुगू भर्सनमा १२८.९ करोड भारु कमाएको थियो । जबकि तीन दिनमा हिन्दी भर्सनको नेट कलेक्सन ७१.५ करोड रह्यो । आइतबार हिन्दी भर्सनमा ४० करोड र तेलुगूमा ३८.८ करोड कमाइ गर्‍यो । त्यसयता हिन्दी भर्सनको कमाइ लगातार बढिरहेको छ । सोमबार तेलुगूमा १४.५ रहँदा हिन्दीमा १६.५ रह्यो । मंगलबार फिल्मको हिन्दी भर्सनले १३.७ करोड कमाउँदा तेलुगूले १०.६ कमाइ गर्‍यो ।

पछिल्ला तीन दिनमा ‘कल्की’ ले तेलुगू भर्सनमा ६३.९ करोड र हिन्दी भर्सनमा ७०.२ करोड भारु कमाइ गरेको छ । हिन्दी भर्सनमा हालसम्म १४१.७ करोड कमाउँदै ‘कल्की’ यस वर्षको दोस्रो हिट हिन्दी फिल्म बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?