
१९ असार, काठमाडौं । ब्राउन सुगरसहित कीर्तिपुरबाट २ युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इलामको फाकफोकथुम गाउँपालिका–५ का २१ वर्षीय राजकुमार सुनुवार र सोही ठाउँका २१ वर्षीय मनिराज मुखिया छन् ।
उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरको टोलीले पक्राउ गरेको हो । ब्राउन सुगर कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूबाट ३४.४० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
पक्राउ परेकाहरू विरुद्ध लागुऔषध विरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4