+
+

भारतीय सेयर बजार नयाँ उचाइमा

एजेन्सी एजेन्सी
२०८१ असार १९ गते १७:०१

१९ असार । बुधबार भारतीय सेयर बजारले नयाँ उचाइ लिएको छ । कारोबारका क्रममा बजार परिसूचक बीएसई सेन्सेक्सले ‘अल टाइम हाइ’ ८० हजार ७४ अंक पुगेको थियो ।

यद्यपि बन्द हुँदा सेन्सेक्स ७९,९८६ मा रह्यो । यो अंक बजार बन्द हुँदाको सबैभन्दा उच्च हो । अघिल्लो दिनको तुलनामा बुधबार बीएसई सेन्सेक्स ५४५ अंक (०.६९ प्रतिशत) बढेको हो ।

बीएसई सेन्सेक्स विगत एक वर्षको अवधिमा २२ प्रतिशत बढेको छ । ठीक एक वर्षअघि बीएसई सेन्सेक्स ६५,२०५ अंकमा थियो ।

बीएससीई मात्रै नभई निफ्टी–५० सूचकले पनि उच्च अंकको रेकर्ड बनाएको छ । निफ्टी–५० सूचक २४,२८६ अंकमा कायम भएको छ । अघिल्लो दिनको तुलनामा यो सूचक १६२ अंक (०.६७ प्रतिशत) बढेको हो ।

निफ्टी ५० मा सबैभन्दा धेरै मूल्य बढेका कम्पनीमा टाटा कन्जुमर प्रोडक्ट्स, एचडीएफसी बैंक, कोटक महिन्द्रा बैंक, अडानी पोर्टस्, एक्सिस बैंक रहे ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?