
१९ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिका विषयमा बुधबार छलफल गरेको छ ।
कांग्रेस-एमालेबीच नयाँ सरकार बनाउने सहमति भएपछिको सन्दर्भबारे छलफल गर्न बुधबार लोकतान्त्रिक समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको थियो ।
बैठकमा अध्यक्ष महन्थ ठाकुरले मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटमा भएको कुराकानीबारे जानकारी गराएका एक नेताले जानकारी दिए ।
अध्यक्ष ठाकुरले कांग्रेस सभापति देउवाले विगतमा पनि साथ दिएकाले यस पटक पनि साथ दिने आशा गरेको बताएका ती नेताको भनाइ छ । यद्यपि लोसपाले यो गठबन्धनलाई साथ दिने वा नदिने भन्नेबारे आधिकारिक निर्णय भने गरिसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4