
काठमाडौं । एनआईसी एसिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच बैंकिङ साझेदारसम्बन्धी सम्झौता भएको छ ।
चन्द्रागिरि नगरपालिकाभित्र जन्मिएका नवजात शिशुहरूको १८ वर्षे मुद्दती खाता खोल्ने विषयमा दुवै पक्षबीच सम्झौता भएको बैंकले जनाएको छ ।
सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुनराज खनिया र नगरप्रमुख घनश्याम गिरीले हस्ताक्षर गरे ।
चन्द्रागिरि नगरपालिकाको निजी उद्यम प्रवर्द्धन, आर्थिक सहायता तथा कार्यक्रम अनुदान सञ्चालन कार्यविधि, २०७८ (संशोधन सहित २०८०) अनुसार १ साउन २०८० वा सो मितिभन्दा पछि जन्मिएका बालबालिकाको नाममा नगरपालिकाले एनआईसी एसिया बैंकमा १८ वर्षे मुद्दती खाता खोलिदिने छ ।
जहाँ प्रत्येक बालबालिकाको नाममा नगरपालिकाले ५/५ हजार रुपैयाँ जम्मा गरिदिने छ । खातामा अभिभावकले चाहेमा थप रकम समेत राख्न सक्ने व्यवस्था छ ।
१८ वर्ष पूरा गरी उच्च शिक्षा अध्ययन गर्न अथवा कुनै व्यवसाय सञ्चालन गर्न यस कोषले निकै सहयोगी भूमिका खेल्ने विश्वास नगरपालिकाको छ । बैंकमा खाता खोल्नका लागि बालबालिकाको जन्मदर्ता अनिवार्य गरिएको बैंकले जनाएको छ ।
प्रतिक्रिया 4