+
+

मुद्दा लागेका कारण पेन्सन रोक्न मिल्दैन : सर्वोच्च

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १८:३७

१९ असार, काठमाडौं । सर्वोच्च अदालतले कुनै व्यक्तिलाई फौजदारी अभियोग लागेकै कारण उसको पेन्सन रोक्का गर्न नमिल्ने फैसला गरेको छ ।

भक्तपुरका हिमालय भक्त प्रधानांगले बैंकिङ कसुरको मुद्दा लागेका कारण आफ्नो पेन्सन रोकिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका थिए ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले कुनै अभियोग लागेका कारण व्यक्तिको पेन्सन रोक्का राख्न नहुने व्याख्या गरेको हो ।

जीवनभर काम गरेवापत् कर्मचारीले पेन्सन पाउने भन्दै सर्वोच्च अदालतले त्यसलाई प्रत्येक व्यक्ति सम्मानपूर्वक बाँच्न पाउने मौलिक हक रूपमा हेरिनुपर्ने औंल्याएको हो ।

निवृत्तिभरण कोष ऐनले नै अवकाश पाउने कर्मचारीको पेन्सनलाई अनतिक्रम्य र हरण गर्न नमिल्ने व्यवस्था गरेको भन्दै सर्वोच्च अदालतले त्यसलाई अधिकारको रूपमा नै व्याख्या गर्नुपर्ने औंल्याएको हो ।

पेन्सन रोक्दा अवकाशप्राप्त कर्मचारीको जीवनयापन, उपचार खर्च लगायतका आधारभूति काम प्रभावित हुने भन्दै भुक्तानी गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले आदेशमा भनेको छ, ‘ऐनले नै निवृत्तिभरण कोषको रकममा कसैको हक नलाग्ने, दाबी नलाग्ने, कट्टा गर्न नपाइने र आयकरसमेत नलाग्ने सुनिश्चितता गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?