+
+

महासंघले भन्यो- राज्यले भुक्तानी नदिँदा निर्माण व्यवसायी चरम निराशामा छन् 

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:४२

१९ असार, काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले राज्यबाट दिनुपर्ने भुक्तानी रोकिएपछि निर्माण व्यवसायी चरम निराशामा रहेको बताएको छ ।

बुधबार एक विज्ञप्ति निकाल्दै महासंघले भुक्तानी नपाएका एक व्यवसायीले डडेलधुरामा चरम आर्थिक संकटको कारण देखाउँदै आत्महत्या गरेको जनाएको छ । उनको मृत्युको जिम्मेवारी राज्यले लिनुपर्ने समेत महासंघको भनाइ छ ।

महासंघका अनुसार जिल्ला निर्माण व्यवसायी संघ डडेलधुराका कार्यसमिति सदस्य डम्बरदेव भट्टलाई घाइते अवस्थामा भेटाइएको थियो ।

उनको उपचारका क्रममा निधन भएको महासंघले उल्लेख गरेको छ । स्थानीय पूर्वाधार निर्माणको भुक्तानी नपाउँदा उनी चरम निराशामा रहेको समेत महासंघको भनाइ छ ।

व्यवसायीले ठूलो रकम भुक्तानी नपाएको र यसले चरम आर्थिक संकट निम्तिएको भन्दै सरकारको ध्यानाकर्षण समेत महासंघले गराएको छ ।

व्यवसायीको ४० अर्ब रुपैयाँभन्दा धेरै भुक्तानी बाँकी रहेको महासंघले जानकारी गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?