+
+

एकीकृत समाजवादीको नयाँ नेतृत्व चयन प्रक्रिया भोलिदेखि

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १९:३२

१९ असार, काठमाडौं । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा जारी नेकपा एकीकृत समाजवादीको नेतृत्व चयन प्रक्रिया भोलि सुरु हुने भएको छ ।

गत १६ असारबाट सुरु भएको महाधिवेशनमा बुधबारसम्म प्रतिवेदनहरुमा छलफल भइरहेको छ । महाधिवेशनमा राजनीतिक, संगठनात्मक, समाजवादी कार्यदिशा र विधान संशोधन प्रतिवेदन पेश भएको थियो ।

उक्त प्रतिवेदनमाथि १२ समूह बनाएर छलफल भयो । समूहगत छलफल र महाधिवेशन हलमा प्रतिवेदनमाथि सुझाव राखेर बुधबार सबै प्रतिवेदन पारित हुँदैछ ।

प्रतिवेदनहरु पारित भएपछि भोलि, बिहीबारदेखि नेतृत्व चयन प्रक्रिया सुरु हुने भएको छ । २१ सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने निर्णय एकीकृत समाजवादीले गरिसकेको छ ।

पदाधिकारी र केन्द्रीय सदस्य चयन हुने क्लस्टर तयार भइसकेको छ । जसअनुसार, पदाधिकारी सहित ८० जना खुला कोटाबाट आउनेछन् । ७० जना केन्द्रीय सदस्य समावेशी क्लष्टरबाट आउनेछन् ।

बाँकी भूगोल र गैरभौगोलिक क्षेत्रका निम्ति कोटा छुट्याइएको छ । कोशीबाट २१, मधेशबाट २१, बागमतीबाट २३, गण्डकीबाट १५, लुम्बिनीबाट १८, कर्णालीबाट १९ र सुदूरपश्चिमबाट १६ जना केन्द्रीय सदस्य चयन हुनेछन् ।

पेशागत प्रदेशबाट ६, सम्पर्क प्रदेशबाट ८, भारत प्रवासबाट एक र अन्य प्रवासबाट १ जना केन्द्रीय सदस्य चयन हुनेछन् । पदाधिकारी सहित यी केन्द्रीय सदस्य चयनमा सर्वसहमति गर्ने प्रयत्नमा नेताहरु लागेका छन् ।

तर पार्टी अध्यक्षमै सर्वसहमतिको सम्भावना कमजोर रहेको नेताहरु बताउँछन् । माधव नेपाल फेरि नेतृत्वमा दोहोरिन चाहेका छन् भने घनश्याम भूसालले पनि नेतृत्वमा दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?