+
+

विद्यार्थी छात्रवृत्ति पोर्टल बनाउन नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १९:५३
नेविसंघ अध्यक्ष दुजाङ शेर्पा

१९ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले विद्यालय र विश्वविद्यालयहरूमा उपलब्ध छात्रवृत्तिको विवरण समेटिएको ‘केन्द्रीय विद्यार्थी छात्रवृत्ति पोर्टल’ बनाउन सरकारसँग माग गरेको छ ।

नेविसंघले केही समयअघि ‘शिक्षा सबैको हक, अवसर सबैलाई’ नारासहित पोर्टल लागू गराउन माग गर्दै शिक्षामन्त्री सुमना श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको थियो । तयार गर्ने आश्वासन पाए पनि लागू नभएपछि फेरि दबाब दिन सुरु गरेको नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले बताए ।

पोर्टलमार्फत विद्यालय तथा विश्वविद्यालयमा विद्यार्थीका लागि उपलब्ध छात्रवृत्ति संख्यासहित विस्तृत विवरण, छात्रवृत्ति दिइने आधार, छात्रवृत्ति वितरण प्रणाली, अहिलेसम्म छात्रवृत्ति पाउने विद्यार्थीको विवरण लगायतको एकीकृत जानकारी दिनुपर्ने नेविसंघको भनाइ छ ।

यसले नेपालमा छात्रवृत्ति प्रणाली कस्तो छ, कसरी वितरण हुन्छ, लक्षित वर्ग को हुन् लगायतको जानकारी लिन अथवा दिन सहज हुनुको साथै छात्रवृत्ति प्रणाली विश्वसनीय, पारदर्शी र नियमित बनाउन सहज हुने नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको भनाइ छ ।

‘कुन शैक्षिक कार्यक्रममा कति विद्यार्थी र कस्ता विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध छ भन्ने जानकारी नै सबैको पहुँचमा छैन,’ उनी भन्छन् ‘वास्तवमा जसको लागि छात्रवृत्तिको व्यवस्था गरिएको हो । उसकै पहुँचमा छात्रवृत्ति पुग्न सकेको छैन ।’ छात्रवृत्तिको वितरण पारदर्शी नहुँदा लक्षित वर्गले छात्रवृत्तिको सुविधा उपभोग गर्न नपाइरहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?