+
+

महानगरले १३ ब्रान्डका खानेतेल परीक्षण गर्दा ४ गुणस्तरहीन

अनलाइनखबर अनलाइनखबर
२०८१ असार १९ गते १४:०८

१९ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र गुणस्तरहीन खानेतेल बिक्री हुने गरेको पाइएको छ । महानगरले गरेको केही ब्रान्डका खानेतेलको नमुना परीक्षणमा यस्तो पाइएको हो ।

महानगरका अनुसार १३ ब्रान्डको नमुना परीक्षण गर्दा ४ वटा ब्रान्डमा नेपाल सरकारले तोकेको पेरोक्साइड भ्यालु धेरै भएको पाइएको छ । महानगरका अनुसार पक्वान, अमृत, फेमिली र क्वालिटी ब्रान्डको खानेतेलमा अखाद्य वस्तु फेला परेको हो ।

२७ पुस २०८० मा मोरङको श्रीराम रिफाइन्ड आयलले उत्पादन गरेको पक्वान ब्रान्डको ब्याच/लट नम्बर एस २ को रिफाइन सोयाबिन तेलमा पेरोक्साइड र एसिड भ्यालुको मान सरकारले तोकेको मापदण्डभन्दा धेरै पाइएको महानगरले जनाएको छ ।

२०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच/लट नम्बर ११ को रिफाइन सोयाबिन तेल पनि गुणस्तरयुक्त नभएको महानगरले जनाएको छ । अमृत ब्रान्डको तेल अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रालिले उत्पादन गर्छ ।

यस्तै २०२४ अप्रिल महिनामा क्वालिटी आयल रिफाइनरी प्रालिले उत्पादन गरेको क्वालिटी ब्रान्डको ब्याच/लट नम्बर ८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएको महानगरले जनाएको छ ।

यसैगरी शिवशक्ति घिउ उद्योग जीतपुरले आयातित तोरीबाट २०८० साल माघमा उत्पादन गरेको फेमिली ब्रान्डको तोरीको तेलमा पेरोक्साइड भ्यालु मापदण्ड अनुसार नरहेको पाइएको कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

२ लाख जरिवाना

यसरी मापदण्ड विपरीत तेल उत्पादन गर्ने ब्रान्डहरू हरेकलाई २ लाख रुपैयाँका दरले जरिवाना गराइएको न्यौपानेले बताए  ।

नमुना परीक्षणका लागि ३१ वैशाखमा ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो । यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि कारबाही गरिएको हो ।

नतताउँदा देखिएको यो भ्यालु तताएपछि झन् बढ्छ । यसो हुनु भनेको तेल अझ अखाद्य हुनु हो । न्यौपानेको भनाइ छ । यसरी मापदण्डमा नरहेका तेल ३ दिनभित्र फिर्ता ल्याउन, फिर्ता ल्याइएको तेल नष्ट गरिएको प्रमाणसहित महानगरपालिकामा उपस्थित हुन पत्राचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?