+

मिलन, पूर्ण, धन र चन्द्र राष्ट्रिय उसुको सेमिफाइनलमा

२०८१ असार  १९ गते २०:५३ २०८१ असार १९ गते २०:५३
मिलन, पूर्ण, धन र चन्द्र राष्ट्रिय उसुको सेमिफाइनलमा

१९ असार, काठमाडौं । एपीएफका मिलन राई, कोशी प्रदेशका पूर्ण राई, नेपाल प्रहरीका धनबहादुर तामाङ र बागमती प्रदेश चन्द्र सुनुवार १६ औं राष्ट्रिय उसु प्रतियोगिताको ४८ केजीमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

नेपाल उसु महासंघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ५२ केजीमा कोशीका जनम तामाङ, बागमतीका निरज लामा, नेपाल आर्मीका जनक धामी र एपीएफका अशोक खालिङले सेमिफाइनलमा स्थान सुरक्षित गरे ।

तीनदिने प्रतियोगितामा ५ प्रदेश र ३ विभागीय गरी ८ टोलीका १ सय खेलाडीको सहभागिता रहेको आयोजक महासंघका सचिव नवीन बस्नेतले जनाएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय