+

काभा यू-२० महिला भलिबलका लागि नेपाली टोली घोषणा

२०८१ असार  १९ गते २०:५९ २०८१ असार १९ गते २०:५९
काभा यू-२० महिला भलिबलका लागि नेपाली टोली घोषणा

१९ असार, काठमाडौं । नेपाल भलिबल संघले माल्दिभ्समा आयोजना काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको घोषणा गरेको छ ।

च्याम्पियनसिपका लागि संघले १२ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।

टोलीमा बागमती प्रदेशका ६, लुम्बिनी प्रदेशका ४ तथा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशबाट समान १–१ खेलाडी छनोट भएको नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा गरेको प्रदर्शनका आधारमा संघले खेलाडी छनोट गरेको हो ।

बागमतीबाट जेनिशा विक, अनिशा मानन्धर, एन्जिला मानन्धर, निशा महर, सलिना बुढा मगर र भावना तामाङ रहेका छन् । यस्तै लुम्बिनीका निशा चौधरी, अनुषा चौधरी, मिना सुनार र आरती चौधरी छनोट भए । सुदूरपश्चिमबाट स्नेहा ठगुन्ना तथा गण्डकीबाट आशिका क्षेत्री छानिए ।

बागमती प्रदेशबाट खेलेका ६ खेलाडी नै न्यूडायमण्ड क्लबबाट खेल्दै आएका छन् । यस्तै लुम्बिनीका खेलाडी एभरेष्ट स्कुलबाट खेल्ने गर्छन् ।

गण्डकीका खेलाडी नेपाल पुलिस क्लब तथा सुदूरपश्चिमका खेलाडी त्रिभुवन आर्मीबाट खेल्दै आएका छन् ।

मुख्य प्रशिक्षकमा कुमार राई र सहायक प्रशिक्षकमा अर्जुन घिमिरे तथा व्यवस्थापकमा जुनु पुन मगर रहेका छन् ।

२० मा रहेका अधिकांश खेलाडीले सिनियर राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेको अनुभव भएकाले नेपाली टिम राम्रो बनेको मुख्य प्रशिक्षक कुमार राईले जानकारी दिए ।

प्रतियोगिता माल्दिभ्सको मालेमा असार ३१ गतेदेखि साउन ९ गतेसम्म हुनेछ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय