+
+

ललितपुरका मेयर चिरिबाबुलाई अख्तियारले काट्यो पत्र

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते ७:११

२० असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई पत्र काटेको छ ।

बाढीपहिरो पीडितका नाममा महानगरलाई हानी हुने गरी रकम बाँडेको उजुरी परेपछि सोधपुछका लागि बोलाइएको अख्तियारले जनाएको छ ।

मेयर महर्जन विरुद्ध उनको अघिल्लो कार्यकालमै बाढीपहिरो पीडितका नाममा नियम विपरीत रकम बाँडेको भन्दै अख्तियारमा उजुरी परेको छ ।

उजुरीमा २०७७ सालमा धापाखेलमा बाढीपहिरो पीडितलाई साढे एक लाख र साढे दुई लाखका दरले कार्यपालिकाको निर्णय विपरीत रकम बाँडेको आरोप छ ।

बुधबार मात्रै ललितपुर महानगरपालिकाले मन्दिरको जग्गा मिचेको भन्दै अख्तियारकी आयुक्त डा.  सुमित्रा अमात्यको घरको पर्खालमा डोजर चलाएको थियो । अख्तियारले मेयर महर्जनलाई प्रेस संयोजक नियुक्त गरेको विषयमा पनि वयानका लागि बोलाएको छ । उनलाई २६ र २८ असारमा टंगालस्थित कार्यालयमा आउनू भनेको छ ।

एउटा पत्र मंगलबारको मिति राखेर काटिएएको छ भने अर्कोमा बुधबारको मिति उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?