+

कोपा अमेरिकाको नकआउट चरणमा अतिरिक्त समय नथपिने, बराबरी भए सीधै पेनाल्टी

२०८१ असार  २० गते ७:५३ २०८१ असार २० गते ७:५३
कोपा अमेरिकाको नकआउट चरणमा अतिरिक्त समय नथपिने, बराबरी भए सीधै पेनाल्टी

२० असार, काठमाडौं । अमेरिकामा भइरहेको कोपा अमेरिका २०२४ को नकआउट चरणको खेलमा अतिरिक्त समयम थप नहुने भएको छ ।

नकआउट चरणमा निर्धारित ९० मिनेटको खेल बराबरी भएमा खेल सीधै पेनाल्टीसुटआउटमा जानेछ ।

अन्य प्रतियोगितामा निर्धारित समयमा बराबरी हुँदा ३० मिनेटको अतिरिक्त समयमा खेलाइन्छ र त्यसमा बराबरी भए मात्र पेनाल्टी सुटआउटमा जान्छ ।

तर कोपामा भने ९० मिनेटको खेल बराबरी भएमा सीधै पेनाल्टी हुनेछ ।

तर कोपाको फाइनल खेलमा भने निर्धारित समयमा बराबरी भएमा अतिरिक्त समय थपिनेछ । त्यसमा पनि बराबरी भएमा खेल पेनाल्टिसुटआउटमा पुग्नेछ ।

साविक विजेता अर्जेन्टिनासहित क्वाटरफाइनल पुग्न ८ वटै टोलीको टुङ्गो लागिसकेको छ ।

क्वाटरफाइनलमा अर्जेन्टिनाले इक्वेडर, भेनेजुएलाले क्यानडा, कोलम्बियाले पानामा र उरुग्वेल ब्राजिलसँग खेल्नेछ ।

आयोजक अमेरिका  रमेक्सिको भने यस समूह चरणबाटै बाहिरिएका छन् ।

कोपाको पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले इक्वेडरसँग खेल्नेछ । यो खेल नेपाली समय अनुसार शुक्रबार बिहान ६:४५ मा सुरु हुनेछ ।

कोपा अमेरिका
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय