+
+

यस्तो छ डलर, रियाल, रिंगिट र दिराम भाउ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते ९:२१

२० असार, काठमाडौं । बिहीबार अमेरिकी डलरको भाउ सामान्य बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर ४ पैसा बढेको छ । राष्ट्र बैंकले यस दिनका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३३ रुपैयाँ ९६ पैसा तोकेको छ भने खरिददर मूल्य १३३ रुपैयाँ ३६ पैसा तोकेको छ ।

डलरसँगै रियाल र दिराम भाउ सामान्य बढेको छ । बैंकले एक यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ४७ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ३१ पैसा तोकेको छ । यो मुद्रा अघिल्लो दिनको तुलनामा १ पैसा बढेको हो ।

त्यस्तै कतारी रियाल स्थिर छ । यसको बिक्रीदर मूल्य ३६ रुपैयाँ ७४ पैसा, खरिददर मूल्य ३६ रुपैयाँ ५७ पैसा तोकिएको छ । साउदी अरेबियन रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७१ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ५५ पैसा तोककिएको छ । अघिल्लो दिनको तुलनामा यो १ पैसा बढी हो ।

सर्वसाधारणले आफूसँग भएको विदेशी मुद्रा सटही गर्दा खरिददर मूल्य पाउँछन् भने विदेशी मुद्रा लिनुपर्दा बिक्रीदर मूल्य तिर्नुपर्छ ।

एक मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ३८ पैसा, खरिददर मूल्य २८ रुपैयाँ २५ पैसा छ । १० जापानी यनको बिक्रीदर मूल्य ८ रुपैयाँ २७ पैसा छ भने एक क्यानेडियन डलरको बिक्रीदर मूल्य मूल्य ९७ रुपैयाँ ९४ पैसा तथा अस्ट्रेलियन डलरको ८९ रुपैयाँ ३६ पैसा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?