+

सद्‌भाव युएस एमेच्योर च्याम्पियनसिप छनोट खेल्ने पहिलो नेपाली गल्फर बन्दै

२०८१ असार  २० गते ११:३४ २०८१ असार २० गते ११:३४
सद्‌भाव युएस एमेच्योर च्याम्पियनसिप छनोट खेल्ने पहिलो नेपाली गल्फर बन्दै

२० असार, काठमाडौं । नेपाल नम्बर एक एमेच्योर गल्फर सद्भाव आचार्य संयुक्त राज्य अमेरिकामा हुने १२४औं संस्करणको युएस एमेच्योर च्याम्पियनसिपको अन्तिम चरणको छनोट प्रतियोगिता खेल्ने भएका छन् ।

१८ वर्षीय सद्भावले यो प्रतियोगिता छनोट नर्थ क्यारोलिना वा क्यालिफोर्नियाबाट खेल्नेछन्न । युएस एमेच्योर च्याम्पियनसिप अगस्ट १२ देखि १८ सम्म मिनेसोटाको चास्कास्थित हेजेल्टाइन नेसनल गल्फ क्लबको चास्का टाउन कोर्समा हुनेछ । खेलसँगै सद्भाव युएस एमेच्योर च्याम्पियनसिपको छनोट खेल्ने पहिलो नेपाली गल्फर समेत बन्नेछन् ।

सद्भावलाई बिहीबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बिदाइ गरेको छ । गल्फ संघका अध्यक्ष टाँसी घलेले अमेरिकाको प्रदर्शनले आगामी अक्टोबरमा जापानमा हुने एसियन एमेच्योरमा उत्कृष्ट प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरे ।

उनी जुनियर प्लेयर्स च्याम्पियनसिप २०२४ मा पनि सहभागी हुनेछन् । अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई आगामी अगस्ट २९ देखि सेप्टेम्बर १ सम्म फ्लोरिडा स्थिति टिपीएस सग्रसको दि‌ प्लेयर्स स्टेडियम कोर्समा आयोजना हुने च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्न‌ निमन्त्रणा पठाएपछि सहभागी हुन लागेका हुन् ।

सन् २०२४ को जुनियर प्रेसिडेन्टस कप इन्टरनेसनल टिमको दाबेदारमध्येका एक खेलाडी भएकोले अमेरिकन जुनियर गल्फ संघले सद्भावलाई निमन्त्रणा पठाएको प्लेयर सर्भिस म्यानेजर सिड्नी जोकिस्चले निमन्त्रणा पत्रमा उल्लेख छ।

दुई पटक फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुनुका साथै सद्भावले गत वर्ष सुवास तामाङसँग मिलेर बङ्गलादेश ओपनमा टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए। उनी सूर्य नेपाल गल्फ टुरमा सबैभन्दा कम उमेरमा उपाधि जित्ने गल्फर पनि हुन् । उनले ३ वटा प्रमुख उपाधि जितिसकेका छन् । सदभावले गत वर्ष चीनमा सम्पन्न १९औँ एसियाली खेलकुदमा पनि देशको प्रतिनिधित्व गरिसकेका छन् ।

युएस एमेच्योर च्याम्पियनसिप सद्भाव आचार्य
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय