+
+

सामान्य प्रशासन मन्त्रालयमा कृषि सेवाका कर्मचारीको धर्ना

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते ११:४५

२० असार, काठमाडौं । संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै कर्मचारीहरुले सामान्य प्रशासन मन्त्रालय अगाडि धर्ना दिएका छन् ।

कृषि सेवा कर्मचारीहरुले चार बुँदे माग राख्दै सिंहदरबारस्थित मन्त्रालयको मूल ढोकामा बसेर आज धर्ना दिएका हुन् ।

उनीहरुले संघमा समायोजन भएका कृषि सेवा अन्तर्गत कृषि तर्फका पुल दरबन्दीमा रहेका ३२८ जना समेतको स्थायी दरबन्दी कायम गरी रिक्त पदमा नियमित पदपूर्ति हुनुपर्ने लगायतका माग राखेका छन् ।

संघमा समायोजन भएका कृषि तर्फका प्राविधिक कर्मचारीहरुको न्यायोचित वृत्ति विकास सुनिश्चित हुनुपर्ने, रित्त पदमा पदपूर्ति गर्न सर्वोच्च अदालतले दिएको परमादेश कार्यान्वयन हुनुपर्ने, संविधान र कार्यविस्तृतिकरण प्रतिवेदनमा उल्लेख भएअनुसार संघीय निकायको कार्यविवरणको आधारमा उपयुक्त संगठनात्मक संरचना निर्माण गर्नुपर्ने माग राखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?