+
+

‘आउटल : दफा २१९’ मा यस्तो देखिए सुशील श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १२:०७

काठमाडौं । आगामी असोज ३ मा रिलिज हुने फिल्म ‘आउटल : दफा २१९’ मा अभिनेता सुशील श्रेष्ठको शीर्ष भूमिका छ ।

निर्माणपक्षले सुशीलको केही तस्वीर सार्वजनिक गरेको छ । जसमा सुशील नेपाली सैनिकले प्रयोग गर्ने हेलिकप्टरमा देखिन्छन् । तस्वीरले सुशीलको पात्रले सेनासँग सहकार्य गरेको आकलन गर्न सकिन्छ ।

यो दृश्यको छायांकन त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामा गरिएको हो ।

अमित अग्रहरी निर्माता रहेको ‘आउटल : दफा २१९’ लाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतका कलाकारको समेत अभिनय छ ।

फिल्ममा नवीन गुरुङको छायांकन र साहिल खानको सम्पादन छ । फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?