+

मेसीले इक्वेडरविरुद्ध क्वाटरफाइनल खेल्नेमा शंका

२०८१ असार  २० गते १२:२३ २०८१ असार २० गते १२:२३
मेसीले इक्वेडरविरुद्ध क्वाटरफाइनल खेल्नेमा शंका

२० असार, काठमाडौं । अर्जेन्टिनाका कप्तान लिओनल मेसीले कोपा अमेरिका २०२४ अन्तर्गत इक्वेडर विरुद्धको क्वाटरफाइनल खेल्नेमा शंका रहेको अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालेनीले बताएका छन् ।

कोपाको पहिलो क्वाटरफाइनलमा साविक विजेता अर्जेन्टिनाले शुक्रबार बिहान एनबरजी स्टेडियममा इक्वेडरसँग खेल्दैछ ।

समूह चरणको चिली विरुद्धको खेलमा दायाँ ह्याम्स्ट्रिङमा चोट लागेका मेसीले पेरु विरुद्ध समूहको अन्तिम खेल खेलेनन् ।

कन्मेबोलको एक खेल प्रतिबन्धका कारण प्रशिक्षक स्कालेनी समेत पेरु विरुद्धको खेलमा टचलाइनमा थिएनन् ।

‘हामी केही घण्टा पर्खन्छौँ र निर्णय गर्नेछौँ । आउने दिन जहिले पनि राम्रो हुनेछ । हामीले आज के प्रतिक्रिया पाउँछौँ त्यसैका आधारमा निर्णय गर्नेछौँ ।’ स्कालोनीले प्रेस कन्फेरेन्समा भने ।

‘हामी मेसीलाई खेलाउन प्रयास गर्नेछौँ र यदि उनले खेलेनन् भने हामी टिमको लागि राम्रो जे हुन्छ त्यो खोज्नेछौँ । म आज उनीसँग कुरा गर्नेछु ।’ स्कालोनीले भने ।

साविक विजेता अर्जेन्टिना कीर्तिमानी १६औं पटक कोपा जित्ने लक्ष्यमा छ । त्यस लक्ष्यलाई अघि बढाउने अर्जेन्टिनाले समूह बी मा उपविजेता बनेको इक्वेडरको चुनौती पन्छाउनुपर्छ ।

स्कालोनीले भने, ‘इक्वेडर राम्रो टिम हो । जहाँ राम्रो खेलाडीहरु र प्रशिक्षक छन् ।’ ‘कुनै पनि टिम फाइनल पुग्न सक्छ र विश्वकै उत्कृष्ट टिमसँग प्रतिस्पर्धा गर्न सक्छ । हिजो भएको कोलम्बिया र ब्राजिलको गेम पनि हाई स्ट्यान्डर्डको थियो । उरुग्वेले पनि राम्रो गरिरहेको छ ।’ उनले भने ।

लिओनल मेसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय