
२० असार, काठमाडौं । माछापोखरीबाट हराएका एक पुरुष एक सातासम्म भेटिएका छैनन् ।
इलामको फाकफोकथुम गाउँपालिका–६ का ६० वर्षीय राम श्रेष्ठ १४ असारमा बेपत्ता भएका थिए । श्रेष्ठका छोरा सुजनका अनुसार उनी अघिल्लो दिन १३ असारमा मात्रै इलामबाट काठमाडौं आएका थिए ।
बाहिर घुुम्न निस्कन्छु भनेर दिउँसो साढे २ बजे निस्केका थिए । त्यसयता उनी वेपत्ता भएका हुन् । मोबाइल घरमै चार्जमा राखेर उनी निस्केका थिए । बाबु वेपत्ता भएपछि खोजिगरिन भन्दै प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी परिसर टेकुमा निवेदन दिए पनि अहिलेसम्म पत्ता नलागेको उनले बताए ।
प्रहरीले भने उनको खोजी भइरहेको जनाएको छ । मोबाइल घरमै छाडेर निस्केकाले पत्ता लगाउन समस्या भएको प्रहरीको भनाइ छ । वेपत्ता श्रेष्ठलाई कसैले फेला पारेमा नजिकैको प्रहरी कार्यालय वा आफन्तलाई खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4