+
+

जुनैद खानको ‘महाराज’ २२ देशमा नेटफ्लिक्सको टप १० सूचीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १२:४१

काठमाडौं । नेटफ्लिक्स र वाईआरएफ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्म ‘महाराज’ ले ओटीटी दर्शकको मन जितिरहेको छ । आमिर खानका छोरा जुनैद खानको बलिउड डेब्यु यो फिल्म २२ देशमा नेटफ्लिक्सको ग्लोबल गैरअंग्रेजी टप १० सूचीमा छ ।

जयदीप अह्लावत र शालिनी पाण्डेको समेत मुख्य भूमिका रहेको फिल्मलाई रिलिजको दोस्रो साता नेटफ्लिक्समा ५३ लाख भ्युज मिलेको छ ।

जुनैदले भनेका छन्, ‘म आफ्नो डेब्युका लागि दर्शकबाट मिलेको माया, सराहना र प्रतिक्रियाका लागि एकदमै आभारी छु । म फिल्मको निर्माता वाईआरएफ, निर्देशक सिद्धार्थ पी मल्होत्रा, जयदीप सर, शरवरी, शालिनी र हरेक कास्ट र क्रू सदस्यलाई विशेष बधाई दिन चाहन्छु । यो हाम्रो साझा जित हो । हामीले एक विशेष फिल्म बनायौं, जुन नेटफ्लिक्समार्फत संसारभर पुग्यो र हरेक स्थानमा दर्शकको साथ पाएर प्रतिध्वनित भइरहेको छ ।’

सन् १८८२ को महाराज लिबेल मुद्दामा आधारित यो फिल्मलाई सिद्धार्थ पी मल्होत्राले निर्देशन गरेका हुन् । फिल्म नेटफ्लिक्समा स्ट्रिमिङ भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?