+
+

शंखमुलको पुलबाट हामफाल्न खोजेका युवकलाई प्रहरीले गर्‍यो उद्धार

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १२:५८
फाइल फोटो

२० असार, काठमाडौं । शंखमुलको पुलबाट हामफाल्न खोजेका एक व्यक्तिलाई प्रहरीले उद्धार गरेको छ ।

पुलबाट बागमती नदीमा हामफाल्न खोजेका २६ वर्षीय युवकलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले उद्धार गरेको हो ।

मकवानपुर घर भइ ललितपुर महानगरपालिका–१७ मा बस्दै आएका ती युवक कपडा खोलेर पुलबाट बागमती नदीमा हामफाल्न खोजेका थिए ।

उनलाई उद्धार गरी आफन्तको जिम्मा लगाइएको ललितपुर परिसरका प्रवक्ता तथा एसपी नरेशराज सुवेदीले अनलाइनखबरलाई जानकारी दिए ।

प्रहरी अनुसन्धानका क्रममा विदेश जान नपाएपछि ती युवकले आत्महत्या गर्न खोजेको खुलेको छ । ‘उनी विदेश जान चाहेका रहेछन् तर परिवारको आर्थिक अवस्था कमजोर भएकाले विदेश पठाउन नसक्ने बताएपछि आत्महत्या गर्न खोजेको देखियो,’ एसपी सुवेदीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?