+
+
नक्कली भुटानी शरणार्थी प्रकरण :

बेचन झालाई म्याद थप गर्न अदालत उपस्थित गराइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १३:०४

२० असार, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी ६२ वर्षीय बेचन झालाई प्रहरीले बिहीबार अदालत उपस्थित गराउने तयारी गरेको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी र संगठित अपराध अन्तर्गतको कसुरमा अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति माग्न जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउन लागेको एसपी नवराज अधिकारीले बताए ।

उनका अनुसार, गएको शुक्रबार पक्राउ परेका झालाई अदालतले अनुसन्धानका लागि हिरासतमा राख्न दिएको म्याद बिहीबार सकिँदैछ । ‘त्यसअघि म्याद थपका लागि उपस्थित गराउन लागेका हौं’, उनले अनलाइनखबरसँग भने ।

झालाई नेपाल प्रहरीको विशेष टोलीले भारतबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । पहिले अनुसन्धान हुँदा ठेगाना नखुलेको भन्दै अनुसन्धान नगरिएका झा पक्राउ परेपछि यो घटनामा दोस्रो चरणको अनुसन्धान सुरु भएको प्रहरी अधिकृतहरु बताउँछन् ।

झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणको उच्च राजनीतिक तहको नेक्सससम्म पुग्न सकिने विश्वास अनुसन्धान अधिकृतहरुको छ ।

छानबिनका क्रममा उनको नाममा हिमालय बैंकको २ करोड रुपैयाँको चेक रामशरण केसीले काटिदिएको खुलेको थियो ।

प्रकरणका मुख्य आरोपीमध्येका सानु भण्डारीले ‘१३ मंसिर २०७८ को मन्त्रिपरिषद् बैठकबाट भुटानी शरणार्थीबारे हामीलाई फाइदा हुने गरी निर्णय गर्दैछ, यो काम बेचन झाले गराएकाले उनलाई चेक काटिदिनु’, भनेपछि लेनदेन भएको केसीले बयानमा बताएका छन् ।

केसीले ८ मंसिर २०७८ को राति ८ बजे मध्य बानेश्वरमा झालाई दुई करोडको चेक दिएको केसीले बयानमा खुलाएको प्रहरीको भनाइ छ । उक्त चेकको फोटो प्रेमराज पन्थीलाई समेत आफूले पठाएको केसीले बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?