+

युरो २०२४ मा टर्कीलाई उत्प्रेरित गर्ने २००८ का सम्झनाहरू

२०८१ असार  २० गते १२:५७ २०८१ असार २० गते १२:५७
युरो २०२४ मा टर्कीलाई उत्प्रेरित गर्ने २००८ का सम्झनाहरू

२० असार, काठमाडौं । सन् २००८ को युरोमा टर्की उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनलसम्म पुगेको थियो । जुन युरोमा टर्किएको हालसम्मको उत्कृष्ट नतिजा हो ।

त्यही युरोको सम्झनाले अहिले जर्मनीमा भइरहेको युरोमा टर्कीका खेलाडीहरूलाई उत्प्रेरित गरिरहेको मिडफिल्डर ओर्कुन कोक्चुले बताए ।

टर्कीले मंगलबार भएको प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ ।

सन् २००८ मा आश्चर्यजनक रूपमा अन्तिम चारको यात्रा तय गरेको टर्कीले एक पुस्तालाई प्रेरित गर्‍यो।

‘२००८ मा म सात वर्षको मात्र थिएँ तर मलाई खेलहरू राम्ररी याद छ । मेरो भाइ र म हाम्रो परिवारसँग बसेर खेल हेर्दा हामी दिवास्वप्न देख्थ्यौं,’ कोक्कुले पत्रकारहरूलाई भने ।

‘खेल जितेपछि हामी जम्मा भएर खुशीयाली मनायौँ । अहिले इन्टरनेमा त्यो तस्वीर देख्दा एकदमै गौरवान्वित महसुस हुन्छ,’ उनले थपे ।

सन् २००८ मा टर्की पहिलो खेलमै पोर्चुगलसँग पराजित भएको थियो । तर त्यसपछि स्वीट्जरल्याण्ड र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा पुगेको थियो ।

अन्तिम ८ मा टर्कीले क्रोएसियालाई पेनाल्टी सुटआउटमा हरायो । पहिलो पटक सेमिफाइनल पुगेकोमा टर्किए उत्साहित थियो । तर सेमिफाइनलमा फिलिप लाहमले अन्तिम मिनेटमा गोल गरेपछि टर्किए जर्मनीसँग ३-२ ले पराजित भएको थियो ।

गच मार्चमा मैत्रीपूर्ण खेलमा अष्ट्रियासँग ६-१ ले पराजित भएको टर्कीले कप्तान हाकन चाल्हानोग्लु बिना नै मंगलबारको खेल जित्ने धेरै कमैले मात्र अपेक्षा गरेका थिए । तर मेरिह डेमिरलको दुई गोल र इन्जुरी टाइममा गोलकिपर मर्ट गुनोकको सानदार बचाउमा टर्की खेल जित्दै क्वाटरफाइनल पुग्यो ।

‘यो धेरै राम्रो खेल थियो । हामीले मर्टसँग खेलअघि यसबारे कुराकानी गरेका थियौँ । हामी अष्ट्रियाविरुद्ध बदला लिन चाहन्थ्यौँ । र सुरुमै गोल गर्दा हामीलाई त्यसले उत्प्रेरित गर्‍यो,’ कोक्चुले भने ।

जर्मनीको सडकमा अहिले टर्कीका धेरै मानिस झण्डा हल्लाउँदै हिंड्न थालेका छन् ।

अब टर्कीले सन् २००८ कै कीर्तिमान दोहोर्‍याउने लक्ष्यसहित शनिबार नेदरल्याण्ड्ससँग बर्लिनमा क्वाटरफाइनल खेल खेल्नेछ ।

तर दुर्भाग्यवश कोक्चुले भने उक्त खेल गुमाउने छन् । उनले दुई पहेँलो कार्ड पाएकोले नेदरल्याण्ड्स विरुद्ध खेल्न पाउने छैनन् । उनले भने ‘म निलम्बनमा छु तर बाहिरबाट म मेरो टिमलाई सहयोग गर्न सक्छु ।’

टर्की युरो २०२४
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय