+
+

सहमतिबाटै नेतृत्व चयन हुन्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १३:०५

२० असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सर्वसम्मत नेतृत्व चयन हुने विश्वास बताएका छन् ।

बिहीवार काठमाडौंस्थित एक होटलमा पार्टीका शीर्ष तहका नेताहरुसँग छलफल गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

पार्टीको महाधिवेशनमा महासचिव घनश्याम भूसालले अध्यक्षमा दाबी गरेका छन् । तर, वार्तापछि सहमतिबाटै नेतृत्व टुंगो लाग्ने निष्कर्षमा पुगेको अध्यक्ष नेपालले बताए ।

अध्यक्ष नेपालले महाधिवेशन पार्टीको पहिलो अधिवेशन भएकाले अध्यक्षमा दोहोरिने नभई नयाँ नेतृत्व चयन हुने बताए । ‘छलफल चलिरहेको छ । सर्वसम्मत नेतृत्व चयन हुन्छ । पहिलो महाधिवेशन हुँदैछ, दोहोरिने होइन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?