+
+

राजनीतिक अस्थिरताले काम गर्न सकिएन : मन्त्री जोशी

अनलाइनखबर अनलाइनखबर
२०८१ असार २० गते १३:४६

२० असार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले राजनीतिक अस्थिरताका कारण आफूले पनि मन्त्रालयको काम राम्रोसँग गर्न नसकेको बताएका छन् ।

बिहीबार राष्ट्रिय सभा बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री जोशीले राजनीतिक अस्थिरताले मन्त्रालयको काम व्यवस्थित ढंगले गर्न पनि व्यवधान खडा गरेको बताएका हुन् ।

‘हामीले मन्त्रालयमा गएपछि सबै काम चुस्तदुरुस्त ढंगले गरेका छौं भन्ने अवस्था पनि छैन । किनभने यो अस्थिरताले यस्तो समस्या सिर्जना गर्दोरहेछ’, उनले भने ।

संघीय निजामती सेवा विधेयकलाई चाँडै अगाडि बढाउन आफूले पहल गरे पनि सफल नभएको मन्त्री जोशीले बताए ।

‘यो ऐन नआउँदा अहिले पनि प्रदेश र स्थानीय तहको कर्मचारी व्यवस्थापनमा पनि समस्या छ । त्यसैले यसलाई चाँडो भन्दा चाँडो समाधान गर्नुपर्‍यो भनेर सबै दलको प्रमुख सचेतकलाई पनि मन्त्रालयमा बोलाएर चाँडो निकास दिनका लागि पहल गरेँ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?