+

कोशी प्रदेशस्तरीय कबड्डीको उपाधि मोरङले जित्यो 

२०८१ असार  २० गते १४:०५ २०८१ असार २० गते १४:०५
कोशी प्रदेशस्तरीय कबड्डीको उपाधि मोरङले जित्यो 

२० असार, विराटनगर । कोशी प्रदेशस्तरीय कबड्डी प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको प्रतियोगितामा मोरङले सुनसरीलाई ५६–२८ प्वाइन्टले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगिताको विजेता मोरङले उपाधिसँगै १ लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता सुनसरीले ५० हजार रुपैयाँका साथै शिल्ड तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा कोशीका १२ वटा जिल्लाले सहभागिता जनाएका थिए । भोजपुर र खोटाङ भने सहभागी भएनन् ।

कबड्डी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय